समिक्षा अधिकारीको नयाँ गीत ‘हाँगाको फूल’ सार्वजनिक

30.4K
shares
Nabil bank

काठमाडौं। गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘हाँगाको फूल’ सार्वजनिक भएको छ।

भिडियोसहित सार्वजनिक गीतमा दिनेशराज पुरीको शब्द तथा नविन कार्कीको संगीत छ।

गायक सुभाष पुरीको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमिकालाई धोका दिने युवा जमातहरूको मार्मिक देखाइएको छ।

विक्रम चौहानको निर्देशन रहेको भिडियोमा बिना राउत र विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ। प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो मिलन विकले सम्पादन गरेका हुन्।

केही अगाडि सुभाषले समीक्षासँगको सहकार्यमा ‘बजाई देउ’ बोलको गीत ल्याएका थिए। जसले राम्रो चर्चा पाएको थियो।

civil hospital
Hams Hospitals