निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही हुने चेतावनी

2.2K
shares

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिबाट लागु हुने भएको छ।

यस विषयमा जानकारी दिन शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा निर्वाचन आयोगले पत्रकार सम्मेलनमा आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।

‘आचारसंहिता पालना गर्छौं भनेर प्रतिबद्धता जनाउने, तर उल्लंघन गरेमा निर्वाचन कसुरअनुसार कारबाही हुन्छ,’ प्रमुख आयुक्त थपलियाले भने ।

civil hospital
Hams Hospitals