समृद्धि फाइनान्स र ए टु जेट अनलाइन बजारबिच सम्झौता

2.2K
shares

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेट अनलाइन बजार बिच सम्झौता वैशाख ५ गते सम्झौता भएको छ । सम्झौता फाइनान्सको शाखा कार्यालय पुतलीसडक, काठमाण्डौमा भएको हो ।

यो सम्झौतापछी फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु जस्तै Laptop, Mobile, TV, electronic  सामानहरु खरिद गर्दा अधिकतम २० हजार सम्म वा १२.४ प्रतिशत सम्म छुट पाउनेछन । उक्त सुविधा ःMobile Banking, Debit Card, ConnectIPS, Nepalpay QR Code प्रयोग गरि उक्त छुट प्रदान गरिने संस्थाका व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२४%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

civil hospital
Hams Hospitals