महालक्ष्मी नगरपालिकामा युवानेता पौडेलको वडा अध्यक्षमा दाबी
वि.सं.२०७९ वैशाख ५ सोमवार
shares
धनकुटा। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि महालक्ष्मी नगरपालिका वडा नं -०१को वडा अध्यक्षमा नेकपा एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी सदस्य एवम् युवा नेता अविनाश पौडेलले उम्मेदवारी दाबी गरेका छन् ।
पौडेल २०६६ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । अनेरास्ववियुमा आबद्ध भई प्रविधि क्याम्पस धरानमा २०७३ सालको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा सचिव पदमा विजयी भएका पाैडेल विद्यार्थी राजनीतिमा सक्रिय छन् ।
क्याम्पसको राजनीति हुँदै राष्ट्रिय रुपमा विद्यार्थी नेताको छवि बनाएका पौडेल अनेरास्ववियू केन्द्रिय कमिटीका सदस्य समेत हुन् । उनले वडाबासीको माझमा आफू लोकप्रिय युवा नेताको रूपमा रहेको समेत दाबी गरेका छन् ।
गठबन्धनको कुरा चलिरहेको समयमा कांग्रेसका युवा नेता तथा सफल युवा व्यवसायी लाखमान गुरुङको नाम पनि चर्चामा छ । दुई मध्ये जसले टिकट पाएपनि एकले अर्कोलाई चुनाब जिताउन सहयोग गरेर गठबन्धनलाई जिताउने उनीहरूकाे योजना रहेकाे छ ।



























