गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा
वि.सं.२०७९ वैशाख ६ मंगलवार
2.5K
shares
shares
Photo By: प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार ललितपुर काे पाटन दरबार क्षेत्रमम वि स २०७२ सालकाे भूकम्प ले क्षतिग्रस्त भिमसेन मन्दिर पुननिर्माण सम्पन्न भएकाे उपलक्ष्य मा अायाेजित कार्यक्रम मा दरबार क्षेत्र परिसरमा कार्यक्रम मा सम्बाेधन
नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलहरुले गठबन्धन टुटाउन लागि पारेकाे बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने सबै तिरबाट षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘निर्वाचनमा कुनै न कुनै दलसँग तालमेल गरेर जानुपर्छ, यस्तो अवस्थामा कुनैपनि हालतमा गठबन्धन टुट्न दिने छाैनाैं ‘ देउवाले भने ।
‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन’, देउवाले भने, ‘त्यस कारणले कसैसँग त गठबन्धन गर्नैपर्याे ।




























