चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनै पर्ने, निमा ग्याल्जेनको रिट खारेज

1.7K
shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा आफ्नो उम्मेदवार दाबेदारीका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

सर्वोच्च अदालतले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हाे ।

न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले साे कुराकाे फैसला दिएका हुन् । ‌ यसअघिको अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगले आचारसंहितामा उल्लेख गरेको प्रावधानलाई कार्यान्वयन गर्न बाटो खुलाएको हो।

civil hospital
Hams Hospitals