आइसर द्वारा ग्राहक भेला सम्पन्न
वि.सं.२०७९ वैशाख १२ सोमवार
shares
काठमाडौं।नेपालका लागी Eicher Truck and Bus को आधिकारिक बिक्रेता Eastern Agencies Pvt Ltd द्वारा बैशाख १२ गते ग्राहक भेला सम्पन्न गरेको छ । सो ग्राहक भेलामा नेपालमा कंस्ट्रकसन व्यावसायमा प्रतिस्थित व्यक्तित्वहरूलाई निमन्त्रण गरिएको थियो । Eicher को Pro 6025 तथा Terra 16 XP ट्रिपर प्रदर्शनी साथै ग्राहकहरूमा सो प्रयोग गर्दा हुने फाईदाहरु बारे विस्तृत रुपमा जानकारी गराईएको छ । सो भेलामा बतास अर्गनाईजेसनका अध्यक्ष आनन्द राज बतास, कार्यकारी निर्देशक शान्त राज बतास तथा VECV का Vice President S S Gill द्वारा विस्तृत रुपमा जानकारी गराईएको थियो ।
सो कार्यक्रमको स्वागत मन्तव्य ईष्टर्न एजेन्सीज प्रा लि का कार्यकारी अधिकृत सुनिल थापाले गरेका थिए। नेपालको निर्माण व्यावसायलाई थप अब्बल बनाउन सहकार्य हुने आइसरका नया उत्पादन टिप्पर : Pro 6025T तथा Terra 16 Xp प्रदर्शनमा राखिएको थियो। सो मोडलहरु volvo eicher को प्रविधि अनुरुप उत्पादन गरिएको हुँदा यसको अधिकत्तम पावर र तान्ने क्षमता अतुलनिय रहेको जानकारी गराएको छ। आइसरका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय हुँदै हाल दोस्रो स्थानमा रहेको र आउदो दिनहरुमा अटो मोबाइल उद्योगलाई नेतृत्व राख्ने लक्ष्यका साथ अगाडी बढी रहेको छ।
































