किन एसएमएसभन्दा बिजनेस मेसेजहरू उत्तम हुन्छन्?

Ghorahi cement

२०२१ को ‘डाटा रिपोर्टल’ अनुसन्धान अनुसार, संसारमा ५.२ बिलियनभन्दा बढी मानिसहरूले मोबाइल फोनको प्रयोग गर्छन् । यो विश्व जनसङ्ख्याको लगभग दुई तिहाइ अंश हो । मार्केटरहरूका लागि मेसेज प्रस्ट छ — आफ्ना ग्राहकहरूसम्म उनीहरूकै फोनमार्फत् पुग्नुहोस् ।’ राकुटेन भाइबरका सिनियर पार्टनरसिप अकाउण्ट डाइरेक्टर नोवा बार-शे यसका उपायहरू बताउनुहुन्छ ।

समयसमयमा जुनै पनि बिजनेसले आफ्ना सेवाग्राहीहरूलाई जानकारी पठाइरहनु पर्छ । उदाहरणका लागि विशेष अफर, उनीहरूको स्टेटस अर्डरमा आएको परिवर्तन वा डेलिभरीजस्ता प्रसंगबारे जानकार गराउनका निम्ति सूचनाहरू प्रसारण गर्नुपर्दछ। यसका साथै आफ्नो व्यवसायलाई फाइदा पुर्याउँदै सेवाग्राहीहरूसँग जानकारीमूलक कम्यूनिकेशन निर्माण गर्नु हरेक बिजेनसका लागि चुनौतीको विषय हो । जबकि एसएमएस र ईमेल जस्ता परम्परागत शैलीहरूले सेवाग्राहीहरूको ध्यान आकर्षित नगर्न सक्छन् । ग्राहक-आधारित व्यवसायहरूले ग्राहकहरूसँगको कम्यूनिकेशनमा सुधार ल्याउनका लागि आफ्ना ग्राहकहरूले बढी प्रयोग गर्ने मेसेजिङ एप प्रयोग गर्न सक्छन् ।

पछिल्लो वर्षहरूमा आफ्ना ग्राहकहरूसँग नजिक भएर उनीहरूलाई अनुकूल पर्ने समयमा कम्यूनिकेट गर्ने चलनको विकास भएको छ । आफूले अधिकांश समय बिताउने एपमा प्रयोगकर्ताहरू आफ्ना सबै सामाञ्जस्यता गर्न रुचाउँछन् । एक्ससेन्चुयर अनुसन्धानको अनुसार ८१ प्रतिशत मानिसहरू आफूले रुचाएको कम्युनिकेशन च्यानलमार्फत् कम्यूनिकेट गर्ने ब्राण्डहरूप्रति बढी इमान्दार रहेको पाइएको छ । कुराकानी सुरु गर्ने देखि अन्त्य गर्ने अवसर, ब्राण्डसँगको समस्याहरू च्याटमार्फत् समाधान गर्ने र आफ्ना निश्चित रुचिहरूलाई लक्षित गरिएको योजनाबारे सान्दर्भिक जानकारीहरू पाउने —विषयहरूमा व्यवसायहरूसँग गरिने अन्तरक्रियामा प्रयोगकर्ताहरू आफ्नो नियन्त्रण चाहन्छन् ।

बिजनेस मेसेज ब्राण्डहरूका लागि सापेक्षिक रूपमा संचारको नयाँ उपाय र विस्तृत फिचरहरूका साथ विकसित एसएमएसको प्रारुप हो । एसएमएस मार्केटिङको प्रारम्भिक दिनहरूमा ‘बल्क मेसेजिङ’ प्रभावकारी हुन्थ्यो तर आजको दिनमा सोही कुरा प्रभावकारी नहुनसक्छ । ग्राहकहरूले हजारौँ ब्राण्डहरूमा, उनीहरूसँग सजिलै कम्यूनिकेट गर्ने र सल्लाह-सुझाब लिने ब्राण्डनै रुचाउछन । आफ्ना व्यवसायलाई अझ फाइदा पुर्याउने उद्देश्यका साथ क्रमशः एपहरूमा बिजनेस मेसेजिङहरूले सेवाग्राहीहरूसँग एकतर्फीय कम्यूनिकेशन बाट दुई तर्फीय कुराकानी गर्न मिल्ने च्यानलको विकास गरिरहेका छन् ।

किन बिजनेस मेसेजहरूलाई व्यवसायहरूले ध्यान दिनुपर्छ?

विश्वका हजारौँ ब्राण्डहरूले ‘पर्सनलाइज्ड मेसेजिङ’को आवश्यक्ता बुझेर आफ्ना ग्राहकहरूसँग मेसेजिङ एपमार्फत् कम्यूनिकेट गर्न मन पराउछन् । बिजनेस मेसेज, बैंक, खुद्रा व्यापारी, डेलिभरी सर्भिस र विभिन्न उद्योगका व्यवसायीहरूले प्रयोग गर्न सक्छन् ।

ब्रान्डहरूले ग्राहकहरूलाई उनीहरूको बिजनेस मेसेजहरूमा विश्वास गर्न सक्छन् भनेर देखाउनुपर्छ। उदाहरणका लागि, अनलाइन अर्डर गर्ने वा लोयलटी फर्म भरेको मानिसहरू जसले ब्राण्डबाट नोटिफिकेशन बुझ्ने/ रिसिभ गर्ने अनुमती दिएकालाई मात्र भाइबरमा कम्पनीको क्लाइन्ट बेसबाट बिजनेस मेसेज पठाइन्छ । यसका साथै, प्रयोगकर्ताहरूले ब्राण्डको सत्यताबारे सजिलै चेक गर्नु सक्छन् —आधिकारिक बिजनेस अकाउण्टको नामको छेउमा नीलो चिन्ह हुन्छ, जसले उक्त अकाउण्ट भाइबर टीमद्वारा प्रमाणित अकाउण्ट हो भन्ने जनाउँदछ ।

आधिकारिक बिजनेस अकाउण्टले कम्पनीको लोगो, ठेगाना र फोन नम्बर जस्ता कम्पनीको जानकारीहरू समावेश गरेको हुन सक्छ । त्यसबाहेक, ग्राहकले कम्पनीको तर्फबाट आएको पहिलो मेसेजमा मेसेजको उद्देश्य, पठाउनेको नाम र यसलाई खोल्न पहिले नै मेसेजको प्रसङ्ग र मेसेजको शिरमा ’पप-अप वीइन्डो’ देख्न सक्नेछ ।

सुविधाजनक ब्राण्ड प्रमाणिकरण बाहेक, भाइबरले व्यवसाय र प्रयोगकर्ताहरूलाई निजी च्याट र कलहरूको एण्ड-टू-एण्ड इन्क्रिप्सन, साथै बिजनेस मेसेजहरूका लागि ट्रान्जिटमा इन्क्रिप्सनद्वारा सुरक्षित कम्यूनिकेशन प्रदान गर्दछ। साथै भाइबरले सर्भरमा मेसेज स्टोर गर्दैन र सुरक्षित HTTPS कनेक्शन मात्र प्रयोग गर्छ ।

बिजनेस मेसेजका फाइदाहरू

नियमीत एसएमएसको विपरित बजिनेस मेसेजहरू स्थानीय, सुरक्षित र ब्राण्ड कम्यूनिकेशनको द्विपक्षीय तरिका मात्र नभएर तिनीहरू प्रभावकारी, विश्लेषणात्मक उपकरणहरूको विस्तृत सेटको साथै मित्वययी च्यानल पनि हुन् ।

– अन्तक्रियात्मक

एसएमएस १६० अक्षरसम्मका मात्र छोटो लेख हो क कहिलेकाही बिजनेस मेसेज धेरै अन्तक्रियात्मक हुन्छन् । भाइबर बिजनेस मेसेजहरूमा १००० अक्षरसम्मको टेक्स्ट , तस्विरहरू, लिङ्क, र निर्देशनहरू, वारेन्टी कार्डहरू, आदिसहित विभिन्न प्रकारका फाइलहरू समावेश गर्न सकिन्छ ।उदाहरणका लागि, एउटै च्याटमा कम्पनीहरूले ग्राहकहरूलाई इनभ्वाइसहरू पठाउन सक्छन्, अर्डरका सर्तहरू छलफल गर्न सक्छन्, र ग्राहकका प्रश्नहरू समाधान गर्न सक्छन्, तिनीहरूबाट तस्बिर वा भिडियोहरू प्राप्त गर्न सक्छन् ।

– अपटिमाइज्ड बजेट

एसएमएसजस्तो नभइ, ब्राण्डहरूले डेलिभर गरिएका बिजनेस मेसेजहरूका लागि मात्र शुल्क भुक्तानी गर्छ । यसका अलवा, ब्राण्डहरूले डेलिभर हुन अधिकतम समय लागी रद्द हुने वा अर्को च्यानलमा रिडिरेक्ट हुनु अघि टीटीएल (टाइम टू लिभ) सेट गरेर समय-संवेदनशील मेसेजहरू डेलिभर गर्न सक्छन् र आफ्नो बजेट बचत गर्न सक्छन् । भाइबरमा टीटीएलको साथ, सीमित समय सीमामा ग्राहकमा नपुगेको मेसेजका लागि कम्पनीले शुल्क भुक्तानी गर्नु पर्दैन ।

– एसएमएस फल्ब्याक

यदी तपाईँको ग्राहकसँग ईन्टरनेट पहुँच वा भाइबर एप इन्स्टल गरिएको छैन भने पनि एसएमएस फल्ब्याकमार्फत् उनीहरूले महत्वपूर्ण र आकस्मिक मेसेजहरू पाउन सक्नेछन् ।

– रियल- टाइम एनलाइटिक्स्

कम्पनीहरूले वास्तविक समयमा भाइबरमा बिजनेस मेसेजहरूसँग ग्राहक अन्तरक्रियाको रिपोर्ट पहुँच गर्न सक्छन्। तिनीहरूले मेसेज डेलिभर, प्राप्त, वा असफल भएको, खुलिएको र क्लिक दरहरू पहुँच गर्न, र सोहीअनुसार तिनीहरूको मार्केटिङ रणनीति समायोजन गर्न सक्नेछन् ।

 – सिआरएमसँग अन्तरक्रिया

ब्राण्डहरूले ग्राहकहरूसँगको अन्तरक्रियाको इतिहास सेभ गर्न, उनीहरूको व्यवहारको विश्लेषण गर्न र तिनीहरूलाई उपयोगी र सान्दर्भिक व्यक्तिगत मेसेजहरू पठाउनका लागि सजिलैसँग आफ्नो सिआरएम प्रणालीलाई भाइबरसँग एकीकृत गर्न सक्छन्।

भाइबरका विभिन्न बिजनेस मेसेजहरू 

तपाईँको विजनेस मेसेजहरूको प्रभाकारिता कसरी बढाउने?

अवश्य पनि, मेसेजिङ एपबाट पठाइएको हरेक बिजनेस मेसेजको एकै प्रकारको असर पार्दैन । यहाँ केही सुझावहरू छन् जसले तपाईँलाई प्रभावकारी रूपमा आफ्ना प्रयोगकर्ताहरूसँग अन्तरक्रिया गर्न, तपाईँको बिजनेस लक्ष्यहरू प्राप्त गर्न र ग्राहकहरूलाई कायम राख्न मद्दत गर्नेछ:

– आफ्नो मेसेजहरूलाई व्यक्तिगत बनाउनुहोस् – स्मार्टर एचक्यूको “प्राइभेसी र पर्सनलाइजेशन” अनुसन्धान अनुसार, ७२ प्रतिशत प्रयोगकर्ताहरू व्यक्तिगत रूपमा बिजनेसहरूले अफरहरूको प्रस्ताव गरेको मन पराउँछन् र मेसेजिङ एपमार्फत् यस्तो गर्न सकिन्छ । धेरै मेसेजहरू पठाउनको सट्टा( “स्प्रे र प्रे” मार्केटिङ) तपाईँ आफ्ना विशेष उपभोक्ताहरूलाई लक्षित गर्न सिआरएम प्रणालीसँग जोडिएको मेसेजिङ एप प्रयोग गरी उच्च ‘कनभर्जन’ रेट र उत्कृष्ट परिणाम पाउनु सक्नुहुन्छ ।

– आफ्ना ग्राहकहरूको भाषा बोल्नुहोस्- तपाईँको ग्राहकको आवश्यक्तासँग मिल्दो कम्यूनिकेशन शैली अपनाउनुहोस् । तपाईँको उपभोक्ताहरूसँग जोडिन तपाईँ थोरै अनौपचारिक शैली प्रयोग गर्न सक्नुहुन्छ । तपाईँको बोल्ने शैलीले तपाईँको प्रयोगकर्ताको उमेर, रुचि, दृष्टिकोणजस्ता कुराहरूलाई सम्बोधन गर्नुपर्छ। किनकि यो रियल-टाइम कनभर्सेसन हो, उनीहरू मुडलाई ख्याल गरी तपाईँ पनि सोही अनुसार आफ्नो टोन परिवर्तन गर्न सक्नुहुन्छ ।

– कनभर्सेसन इन्डोर्स गर्नुहोस् र किनीसकेपछि अपडेटेड रहिरहनुहोस् । वुल्फग्याङ ई-कमर्स केपिआई रिपोर्टको अनुसार, ७१ प्रतिशत प्रयोगकर्ताहरू रियल-टाइममा कम्पनीहरूसँग कुराकानी गर्न रुचाउँछन् । सेवाग्राहीहरूसँग मेसेजिङ एपमा च्याट गर्नाले ग्राहकहरूको अनुरोधलाई तुरुन्त जवाफ दिन र सिएलभी (कस्टमर लाइफटाइम भ्याल्यू) बढाउन मद्दत गर्छ । रियल-टाइम कस्टमर सपोर्टको साथ तपाईँ तुरुन्तै सल्लाह-सुझाव पाउनु सक्नुहुन्छ ।

 

– तपाईँको सिआरएमसँग एकीकृत हुनुहोस् र तपाईँको ग्राहकहरूका डाटाबेस अप टू डेट राख्नुहोस् । तपाईँको मेसेजिङ कम्यूनिकेशन तपाईँको सिआरएमसँग एकीकृत गरी तपाईँ ग्राहकले तपाईँको बिजनेसमा देखाएको रुचिको सम्पूर्ण इतिहास हेर्न सक्नुहुन्छ । यसले गर्दा तपाईँले ग्राहकहरूलाई सान्दर्भिक मेसेज पठाउन, र ग्राहकहरूसँग अझ समधुर एण्ड-टू- एण्ड अनुभब सृजना गर्न मद्दत पुर्याउँदछ ।

व्यवसायहरूलाई मेसेजिङ एपले ग्राहकहरूले अधिकतम समय बिताउने प्लेटफर्म कम्युनिकेशन सुरु गर्न मद्दत गर्दछ । विस्तृत एनलाइटिक्स, बिजनेस मेसेजहरूको अन्तरक्रियात्मकता र सीआरएमसँग सजिलो एकीकरणले ब्राण्डहरूलाई आफ्ना आफ्ना लक्षित ग्राहकहरूलाई विभाजन गर्न र तिनीहरूका मेसेजहरूलाई पर्सनलाइज गर्न मद्दत गर्दछ । बिजनेस मेसेजहरूको कस्ट एफिसियेन्सी, सुरक्षा र सुविधाहरूको भरपूर सेटबाट विश्वभरका कम्पनीहरू सुरुदेखि नै फाइदा लिइरहेका छन् । यदी ब्राण्डहरू सेवाग्राहीहरूप्रति सान्दर्भिक र आकर्षक रहिरहन चाहन्छन् भने उनीहरूले मेसेजिङ एपको बिजनेस समाधान उनीहरूको मार्केटिङ रणनीतिसँग एकीकृत गर्नुपर्छ र ग्राहकहरूसँगको दुई तर्फीय कुराकानीबाट व्यवसायलाई पुग्ने फाइदाको लाभ लिनुपर्छ ।

राकुटेन भाइबरको बारेमाः

विश्वका १९० वटा राष्ट्रमा प्रयोग हुने राकुटेन भाइबर विश्वभरका मानिसहरूबीचको सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग छलफलजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् । भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू शेयर गर्नका लागि एक सुरक्षित र स्वतन्त्र वातावरणको सुनिश्चितता प्रदान गर्दछ ।आजै भाइबर जोईन गर्नुहोस् र सर्वोत्कृष्ट सञ्चारको अनुभूति लिनुहोस् ।

भाइबर मेसेजिङ सोल्यूशनको बारे थप जान्नको लागि, कृपया भाइबर फर बिजनेस वेबसाइटमा जानुहोस्।

Shangri-la Development Bank Ltd.
Nepali patro