‘डिजिटल’ प्रचारप्रसारको माध्यमलाई तीव्रता
वि.सं.२०७९ वैशाख १८ आइतवार
shares
Photo By: Male hand holding smartphone. Businessman using laptop computer and digital tablet while working in the cafe. Mobile app or internet of things concepts. Modern lifestyle in digital age.
स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले ‘डिजिटल’ प्रचारप्रसारको माध्यमलाई तीव्रता दिएका छन् । फेसबुक, ट्वीटर, टिकटक, युटुब, भाइबर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालबाट उम्मेदवारहरू आफ्ना प्रतिबद्धता व्यक्त गर्दै मत मागिरहेका छन् । निर्वाचनलाई आधार मानेर बनाइएका गीत पनि सामाजिक सञ्जालमा ‘अपलोड’ गरिरहेका छन् । यसका लागि उनीहरूले लाखौँ रुपैयाँ खर्च गरिरहेका छन्।
राजनीतिक दलहरू ले आफ्ना प्रतिबद्धता व्यक्त गर्दै आफ्ना उम्मेदवारलाई मतदान गर्न अपिलसमेत गरिरहेका छन् । अहिले सामाजिक सञ्जालभरि उम्मेदवारका प्रचारप्रसार तीव्र रूपमा भइरहेको छ। पहिलापहिलाको निर्वाचनमा पोस्टर बनाएर गाउँघरको भित्तामा टाँस्ने गरिन्थ्यो । तर अहिले त्यो शैली हराएको छ। राजनीतिक दलहरूले आइटी तथा सामाजिक सञ्जाल चलाउन जान्नेलाई मोटो रकम तिरेर आफ्ना उम्मेदवारको प्रचारप्रसार गराइरहेका छन् । मिडिया सेन्टर स्थापना गरेर उनीहरूले विभिन्न भाषा तथा शैलीमा प्रचारप्रसार गरिरहेका देखिन्छ। आजको राजधानी दैनिकमा समाचार छ ।




























