दोहोरिएका उम्मेदवार पराजित

1.8K
shares

२०७४ सालको निर्वाचनमा दैलेखका चार पालिकामा नेपाली काँग्रेस विजयी भएको थियो। मंगलबारसम्म सार्वजनिक नतिजाअनुसार यसपटकको निर्वाचनमा पहिला जितेका चारमध्ये तीन पालिका काँग्रेसले गुमाएको छ। हारेका तीनवटै पालिकामा काँग्रेसले पुरानै अनुहार दोहोर्‍याएको थियो। गुराँस गाउँपालिकामा खेमराज वली, डुंगेश्वर गाउँपालिकामा नगेन्द्रबहादुर मल्ल र नौमुले गाउँपालिकामा भदे बुढालाई काँग्रेसले दोहोर्‍याएको थियो। गुराँस र डुगेश्वरमा एमाले विजयी भयो भने नौमुलेमा माओवादी केन्द्रले बाजी मार्‍यो।

दैलेखमै नयाँ अनुहारलाई उम्मेदवार बनाएको ठाउँमा भने काँग्रेस विजयी भएको छ। दैलेखका ११ पालिकामध्ये नौ पालिकाको नतिजा सार्वजनिक भइसकेको छ। अघिल्लो निर्वाचनमा जितेका तीन पालिका गुमाएको काँग्रेसले नयाँ चारपालिकामा जित हात पारेको छ। महाबु, ठाँटीकाँध, भैरवी गाउँपालिका र चामुण्डा विन्द्रासैनी नगरपालिकामा काँग्रेस विजयी भएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals