डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुने: मेयर बालेन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर क्षेत्रमा विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुने बताएका छन् ।

महानगर कार्यपालिकाको दोस्रो बैठकमा मेयर शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो क्रममा प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी दिएका हुन् ।

काठमाडौंको विकासका लागि अब हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्‌, खानेपानीलगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबीच सहकार्यको समीक्षा गरिने पनि उनले बताए । ‘अबदेखि काठमाडौंका सबै सरोकारवालाहरु सहकार्य गरेर हिँड्नेछौं,’ उनले भने ।

Shangri-la Development Bank Ltd.
Nepali patro