निहारिकाले नायिका करिश्मालाई फिर्ता गरिन् सहयोग गरेको २१ हजार
वि.सं.२०७९ भदौ १० शुक्रवार
15K
shares
shares
काठमाडौं । आफूमाथि बलात्कार भएको भन्दै डिएनए टेस्ट गर्नुपर्ने माग राख्दै आन्दोलनरत निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरलाई भेटेर २१ हजार रूपैयाँ फिर्ता गरेकी छन्।
करिश्माले आफ्नो छोरालाई किनिदिएको चश्मा पनि उनले फिर्ता दिइन्। केहि दिन अघि राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेपछि नायिका करिश्मा मानन्धरले आफूले उनलाई सहयोग गरेकोमा माफी मागेकी थिइन्। करिश्माको सोही स्टाटसबाट आक्रोशित निहारिकाले आज करिश्मालाई भेटेरै पैसा फिर्ता गरेकी हुन।
Subscribe
0 Comments
Oldest
































