नेप्सेमा आज उच्च अंकले वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकले बढेको छ । नयाँ सरकार गठनसंगै शेयर बजारमा उछाल आएको हो ।

आज नेप्से ५६.८६ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ०७ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज कारोबार रकम पनि दुई अर्ब नाघेको छ । दुई अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एउटा वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज १२ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने १० वटा कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज २० करोड ८८ लाख भन्दा बढीको कारोबार भएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro