जिप दुर्घटना हुदा ४ जनाको मृत्यु

काठमाडौ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ११, झुप्राखोला भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रत्न राजमार्गमा गुडिरहेको बेला जिल अनियन्त्रित भएर करिब ८० मिटर तल खसेर सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका– ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेको सुर्खेत प्रहरीले जनाएको छ ।

 

छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६ च ९२१३ नम्बरको जीप झुप्राखोलास्थित रत्नराजमार्गमा आज बिहान करिब साढे २ बजेतिर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

जिप खसेपछि उनीहरू गम्भीर घाइते भएका थिए । तत्कालै कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि लगिए पनि बाँच्न सकेनन्। दुर्घटनामा दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही पनि दुर्घटनामा घाइते भएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro