बिवाईडी सिटि स्टोर शुभारम्भ

Ghorahi cement

काठमाडौं । बिवाईडी अटो प्रालीको नेपालका लागि आधिकारिक वितरक साईमेक्स ईं. प्रालीले काठमाडौंमा बिवाईडी सिटि स्टोरको शुभारम्भ गरेको छ । विद्युतीय सवारीसाधनमा विश्वव्यापी नेतृत्व गर्ने बिवाईडीको नेपालमा मात्रै १२ वटा बिक्रेताहरूको नेटवर्क छ ।

बिवाईडीका विद्युतीय सवारीसाधनलाई धेरै भन्दा धेरै ग्राहकहरू माझ पुर्‍याउने लक्ष्य सहित घटस्थापनाका दिन काठमाडौंको सोल्टिमोडमा यो नयाँ बिक्री केन्द्रको उद्घाटन गरिएको हो । विभिन्न स्थानीय सञ्चार गृहका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य माननीय बिराज भक्त श्रेष्ठले गरेका हुन् ।

त्यसैगरी, साईमेक्स कम्पनी प्रालिका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भूमिका खेल्ने बताईन् । विद्युतीय सवारीसाधनका सम्भावित ग्राहकको सेवा र सुविधाका लागि यो शोरुम अत्याधुनिक सुविधा, चार्जिङ स्टेशन, आकर्षक डिस्प्ले र तालिम प्राप्त र ग्राहकका सेवामा समर्पित कर्मचारीहरूबाट सुसज्जित रहेको उनले बताइन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro