द्रुत बसका लागि थप २० लाख खर्च गर्ने तयारी
वि.सं.२०८० कात्तिक २१ मंगलवार
shares
Photo By: sf7df8f}F, # c;f]h . ef}lts k"jf{wf/ tyf oftfot dGqfno / g]kfn oftfoft Joj;foL /fli6«o dxf;ª3sf] ;xsfo{df a'waf/b]lv ;~rfngdf cfPsf] sf7df8f}F pkTosf ›'t a; ;]jfsf a; . pQm a; laxfg ( b]lv !! ah];Dd / ck/fGx| $ b]lv ^ ah];Dd sf7df8f}Fsf] /Tgkfs{b]lv eQmk'/sf] ;"o{ljgfos;Dd ;]jf lbg] 5 . o;sf] 5"6 ljz]if n]gsf] Joj:yf u/]sf] 5 . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौँ । तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको द्रुत बस सेवा अलपत्र परे पनि सडक विभागले त्यसलाई प्रभावकारी बनाउने भन्दै करिब २० लाख रूपैयाँ थप खर्च गर्ने तयारी गरेको छ । द्रुत बस सेवाका लागि रातो रंग लगाउन र संकेत अक्षर राख्न तीन करोड १० लाख रूपैयाँ भुक्तानी गर्न चारवटा कम्पनीबाट सडक विभागमा बिल पेस भइसकेको छ । बिल भुक्तानी नहुँदै विभागले द्रुत बस सेवा रुटमा डिभाइडर राख्न अरू २० लाख खर्च गर्ने भएको हो ।
द्रुत बस सेवा रुटलाई डेडिकेटेड (छुट्टै लाइन) बनाउन विभागले करिब ६ सय वटा गहुँगो किसिमका डिभाइडर खरिद गर्ने भएको छ । एउटा डिभाइडरको बजार मूल्य तीन हजार रूपैयाँ पर्ने बताइएको छ । यसैगरी विभागले अन्य प्रयोजनका लागि डोरी पनि खरिद गर्ने भएको छ । डोरी र डिभाइडर खरिद गर्न करिब २० लाख खर्च हुने अनुमान गरिएको छ ।
सूर्यविनायक–धुलिखेल–सिन्धुली बर्दिबास सडक आयोजनाका सिनियर डिभिजन इञ्जिनियर (सिडिइ) नारायण लामिछानेले भने जडिबुटीदेखि सूर्य विनायकसम्म डेडिकेडेड लाइन बनाउन एक सयभन्दा बढी डिभाइडर खरिद गर्न सडक विभागबाट मौखिक निर्देशन आएको बताए ।
सोही आयोजानले नै जडिबुटीदेखि सूर्यविनायकसम्मको रुटमा रातो रंग लगाएको थियो । विभागका अनुसार सडक डिभिजन काठमाडौंलाई अरू सयवटा डिभाइडर खरिद गर्न अहाइएको छ ।






























