रोयल इनफिल्डको ‘हन्टर टिकटक च्यालेञ्‍ज’का विजेता पुरस्कृत

Ghorahi cement

काठमाडौं । रोयल इनफिल्डको लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले प्रालिले असोज ६ देखि ३० गतेसम्म सञ्‍चालन गरेको ‘हन्टर टिकटक च्यालेञ्‍ज २०२३’ का विजेता घोषणा गरेको छ ।

 

सो च्यालेञ्जमा सहभागी पोखराका पदम लामाले प्रथम पुरस्कार बापत १ लाख नगद जितेका छन्‌ । पोखराकै स्मिता घिमिरेले द्वितीय पुरस्कारबापत ६० हजार रुपैयाँ नगद हात पार्दा हेटौंडाका रजक शाही तृतीय हुँदै ४० हजार नगद प्राप्त गर्न सफल भएका छन्‌ ।

 

रोयल इनफिल्डले नयाँ मोडेल हन्टर ३५० सीसीलाई बजार प्रवर्द्धन गर्न र युवा पुस्तालाई सोसल मिडियामार्फत आकर्षित गर्न मिति ‘हन्टर टिकटक च्यालेञ्‍ज २०२३’ संचालन गरेको थियो । अल्फा अटोमोटिभले च्यालेञ्‍जको नतिजा पनि टिकटक र फेसबुकबाटै सार्वजनिक गर्दै विजयीहरूलाई नगद हस्तान्तरण गरेको हो ।

 

विजेताहरूलाई रोयल इनफिल्डको नक्सालस्थित शोरुममा कम्पनीका निर्देशक मेघराज पौडेलले चेक हस्तान्तरण गरे ।

Shangri-la Development Bank Ltd.
Nepali patro