होण्डाको दशैंमा दश लाख योजना अब छठ पर्वसम्म उपलब्ध हुने

Ghorahi cement

काठमाडौं । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको आकर्षक उपहार योजना “दशैंमा दश लाख” मा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको छ । कम्पनीले छठ पर्व सम्मको लागि योजनाको अवधि थप गरेको छ ।

 

यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्नुहुनेछ । यसका साथै चइस योअर स्किम अन्र्तगत ग्राहकहरुले १०,००० रुपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नुहुनेछ वा १२,५०० रुपैयाँ बराबरको ५ वर्षै एएमसी प्याकेज पाउन सक्नुहुनेछ ।

 

कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले “रु. १ फाइनान्स योजना” मा पनि यो “दशैंमा दश लाख” योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा रु. १ लाख सम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

 

स्त्र्mयाच कुपन मार्फत १० लाख सम्मको नगद पुरस्कार जित्न सकिने यो योजनामा हाल सम्म सुनिल सापकोटा, मनोज कुमार शाह,तारा शिरिष थापा मगर, नीरज चौधरी, भरतपुरका हरि प्रसाद पौडेल, शुशीला कुमारी कार्कीले स्त्र्mयाच कुपनमा २५ हजार जित्नु भएको छ ।

 

साथै यो उपहार योजनाका साथमा दस हजार र पाँच बर्षका लागि मर्मतसम्भार मध्ये कुनै एक रोज्न सकिने अर्को स्त्र्mयाच कुपन उपहार योजना पनि समावेस छ । उमेश रायमाझीले भने स्त्र्mयाच कुपन मार्फत् २५ हजार र थप स्त्र्mयाच कुपन उपहार योजना बाट थप ७ हजार गरि जम्मा ३२ हजार जितेका हुन ।

 

त्यस्तै, डिकेश महर्जनले स्क्र्याच कुपन मार्फत् नगद ३० हजार रुपैयाँ जित्नुभएको छ । उक्त उपहार योजना अन्तर्गत नै बिमल बहादुर प्रजापतिले स्त्र्mयाच कुपन मार्फत् ५० हजार नगद जित्नु भएको छ । सरोज पोख्रेल र प्रेम बहादुर खत्रीले स्त्र्mयाच कुपन मार्फत् क्रमसः नगद रु. एक लाख र नगद रु. दुई लाख जित्न सफल हुनु भएको छ ।

 

’होण्डा छ साथ साथ’ नाराका साथ कम्पनि ले लिएर आएको ’होण्डा दशैँमा दस लाख’ उपहार योजना अन्तर्गत स्त्र्mयाच कुपन मार्फत अहिले सम्म जितिएको सर्वाधिक ठुलो धनरासी भने ५ लाख रुपैयाँ रहेको छ । धादिङ्गका राम कुमार श्रेष्ठले यस उपहार योजना अन्तर्गत अहिले सम्ममा सर्वाधिक ठुलो रकम उपहार रु. ५ लाख जित्नु भएको हो ।

 

यस उपहार योजना अन्तर्गत स्त्र्mयाच कुपन मार्फत जितिने भनिएको अधिकतम उपहार दस लाख रुपैयाँ भने हालसम्म पनि जितिएको छैन । हाल सम्मका सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिँदै कम्पनीले, ‘होण्डा दशैँमा दस लाख’ योजना मार्फत अझै पनि जित्ने सम्भावना रहेको प्रथम पुरस्कार दस लाख रुपैयाँको भाग्यशाली विजेता चाँडै नै प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro