Banner ad for NADA AUTO SHOW -2026

नाडामा जुट्यो सहमति, करण बन्ने भए अध्यक्ष

1.4K
shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा सहमति भएको छ ।

 

अध्यक्षको प्रतिस्पर्धामा रहेका आकाश गोल्छाले अर्को पटक अध्यक्ष बन्ने गरी कारण चौधरीलाई सहयोग गर्ने सहमति गरेका हुन् ।

 

नाडाका अध्यक्ष ध्रुव थापाले अध्यक्षलगायतमा सहमति भएको नेपाल प्रेससँग बताए ।

 

उनले भने, ‘नाडाको अध्यक्षमा सहमति जुटेको छ । अब करण चौधरी अध्यक्ष हुनेछन् । त्यसपछि आकाश गोल्छा अध्यक्ष बन्नेछन् ।’

civil hospital
Hams Hospitals