वैदेशिक रोजगार विभागभित्र एक म्यानपावर व्यवसायी कुटिए

1.2K
shares
national life insurances

काठमाडौं।वैदेशिक रोजगार विभागभित्र एक म्यानपावर व्यवसायी कुटिएका छन् । श्री केपी इन्टरनेशनल ओभरसिज प्रालिका सञ्चालक निर्मल राय अमातमाथि विभागका निर्देशकको कार्यकक्षमा कुटपिट भएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज विज्ञप्ति जारी गर्दै उनीमाथि कुटपिट भएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

 

उनको कम्पनीबाट कुबेत गएकी एक जना महिला कामदारले विभागमा उजुरी दिएकी थिइन् । विभागले बोलाएपछि छलफलका लागि पुगेका उनीमाथि कुटपिट भएको संघको भनाई छ ।

 

 

‘उजुरीउपर छलफल गर्न भनि वैदेशिक रोजगार विभागमा बोलाइएकाले कम्पनीका सञ्चालक निर्मल राय अमात विभागमा निर्देशकको कार्यकक्षमा उपस्थित हुनु भई उजुरीका बारेमा छलफल हुँदै गर्दा उजुरीकर्ताका मानिस हौं भनि विभिन्न अपशब्द प्रयोग गरी सञ्चालक निर्मल राय अमातलाई हातपात, कुटपिट र गालीगलौज गरिएको कार्यप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

 

समस्या समाधानका लागि उजुरीकर्ता र कम्पनीका सञ्चालकबीच छलफल भइरहँदा असम्बन्धित व्यक्तिहरु प्रवेश गरी कुटपिट गर्नु गम्भीर विषय भएको उल्लेख गर्दै संघले दोषीलाई कारबाही गर्न सरोकारवाला निकायसँग जोडदार माग गरेको छ ।

भन्सारका डिजी कमाउनमा बिजी

Hams Hospitals
Machhapuchhre Bank Limited