सिंहदरबारभित्र सरसफाईको नाममा ६० लाख स्वाहा

Ghorahi cement

काठमाडौं । सिंहदरबार परिसरभित्र यतिबेला जताततै भद्रगोल भएको छ । अधिकांश सरकारी कार्यालयदेखि प्रधानमन्त्री कार्यालयहुँदै अन्य मन्त्रालय वरिपरि थोत्रा सवारी साधनले भरिभराउ छन् । ती सवारी साधान तत्कालीन केपी ओली सरकारले सिंहदरबारभित्रका मन्त्रालय परिसरमा काम नलाग्ने भएर थुपारिएका सवारीहरु सिटीईभिटीई प्रशिक्षार्थीलाई अभ्यासको लागि जिम्मा दिएर खाली गर्ने भनेको थियो । त्यतिबेलादेखि उठाइएको कुृरा अहिलेसम्म लागु भएको छैन ।

 

कतिपय मर्मत संभार गरेर चलाउन लायकका सवारी सधान पनि घाम, पानी, सितमा त्यत्तिकै राखेर काम नलाग्ने भइसकेका छन् । कर्मचारीहरु आवतजावत गर्ने सवारी साधान पनि जथाभावी पार्किङ्ग गर्ने कारणले जेष्ठनागरिक र शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई ह्वील चेयरबाट आवतजावत गर्न समस्या परेको छ । कतिपय शारीरिक अशक्तता भएका व्यक्तिहरुले चलाउने ह्वील चेयर जाने बाटोमा कर्मचारी तथा आगन्तुकले सवारी साधनहरु राख्ने गर्नाले पनि समस्या निम्त्याएको छ ।

 

अधिकांश पढेलेखेका र बुद्धिजीवी कर्मचारीहरुले आफ्नो सवारी साधन कुन ठाउँमा राख्नुपर्छ भन्ने हेक्कासमेत राख्ने गरेको पाइँदैन । सिंहदरबारभित्र सर्वसाधारण सेवाग्राहीभन्दा विचौलियाहरुको ठूलो हालीमुहाली चल्ने गरेको छ । सिंहदरबारभित्र खोलिएका अधिकांश क्यान्टिनहरु पनि कर्मचारी र सेवाग्राहीको हुनुपर्नेमा विचौलियाहरुको अखडा बन्ने गरेको छ । सिंहदरबार भित्रको सरसफाइको जिम्मा परिवर्तन सेवा प्रा.लि.ले पाएको छ ।

 

उक्त प्रा.लि.ले १८ जना कर्मचारी खटाएर मन्त्रालयभित्रका अफिसहरु सरसफाइ गर्दै आएपनि उपयुक्त काम गर्न सकिरहेको छ । सिंहदरबारभित्रका मन्त्रालय सरसफाइ गरेबापत परिवर्तन सेवा प्रा.लि.ले वार्षिक ६० लाख रुपैयाँ भुक्तानी लिने गरेको छ । नेपाल सरकारबाट वार्षिक ६० लाख रुपैयाँ भुक्तानी लिएर सरसफाइको जिम्मेवारी लिए तापनि खर्च अनुसारको सरसफाइ भएको पाइँदैन ।

 

परिवर्तन प्रा.लि. विगत १० वर्षदेखि निरन्तर रुपमा सिंहदरबार भित्रका मन्त्रालयको सरसफाइको जिम्मा लिँदै आएको छ । सरसफाइको नाममा वार्षिक ६० लाख खर्च हुँदा पनि अधिकांश मन्त्रालयहरु फोहोरले दूर्गन्धित भएको पाइन्छ । ट्वाइलेटमा पानी अभाव भएको, जाम भएको, अन्य सरसफाइका सामग्रीहरु प्रयोग नगरिएको, जताततै पानपराग, खैनीका खोल, चुरोटका ठुट्टा छरपस्ट भएको देखिन्छ । खर्च अनुसारको काम नहुनु भनेको त्यसमा पनि कमिसनकै खेल हुने गरेको जानकारहरु बताउँछन् । तामाकोशी सन्देश

Shangri-la Development Bank Ltd.
Nepali patro