३ जना मृत अवस्थामा फेला
वि.सं.२०८० पुस २६ बिहीवार
12.7K
shares
shares
काठमाडौं।काभ्रे, पाँचखाल नगरपालिका-२ अनैकोट घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ मलरा बस्ने ६२ वर्षीय विश्वनाथ घिमिरे काभ्रे भुम्लु गाउँपालिका-६ आँपघाटस्थित सुनकोशी नदीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । पुस १८ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त नदीमा शव फेला परेको हो ।
लमजुङ, सुन्दरबजार नगरपालिका-९ धारापानीस्थित मर्स्याङ्दी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तु, शिवराज नगरपालिका-५ बालापुर मोडस्थित कलभर्टमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोछ ।
Subscribe
0 Comments
Oldest
































