बढ्यो सुनको मूल्य
वि.सं.२०८० पुस २९ आइतवार
939
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४२० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।































