घट्यो सुनको मूल्य
वि.सं.२०८० माघ २ मंगलवार
2.6K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट भएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४१५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।




























