होटल सञ्चालकसहित जुवातास खेलिरहेका ५ जना पक्राउ

12.4K
shares
Nabil bank

 

कञ्चनपुर । कञ्चनपुरको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक बैतडी दशरथचन्द नगरपालिका-११ घर भएका ३७ वर्षीय गणेश सिंह बुडालसमेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ६० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x