Banner ad for NADA AUTO SHOW -2026

महिलाको घरमै गई बलात्कार गर्न खोज्ने युवक पक्राउ

1.3K
shares

 

काठमाडौं । मध्यरातमा महिलाको घरमै गई बलात्कार गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा सल्यानको दार्मा गाउँपालिका-४ स्थित भल्चौर घर भई हाल मित्रनगर बस्ने २९ वर्षीय बिक्रम थापा रहेका छन् ।

 

उनले एक युवतीलाई गत पुस १६ गते उनकै घरमा मध्यराति १२ बजे गएर बलात्कारको प्रयास गरेको र सो क्रममा प्रतिकार गर्दा उनी कुटपिट गरेर फरार भएका थिए ।वैदेशिक रोजगारमा ठगी गरेको आरोप लागेका अर्का व्यक्ति अजय थापालाई खोज्ने क्रममा थापाको समेत मोवाइल हेर्दा शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानसँग समन्वय गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।थापाविरुद्ध सो घटनामा मुद्दा रहेको र उपस्थित गराई दिन भनि पत्राचार भएअनुसार पक्राउ गरेर सल्लान प्रहरीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ

civil hospital
Hams Hospitals