सुनको मुल्य घटेको घट्यै
वि.सं.२०८० माघ २३ मंगलवार
1.3K
shares
shares
काठमाडौं । केहि दिन यता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज ५ सय रुपैयाँले घटेको हो । सोमबार पनि सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक हजार ३७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।




























