घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर

13.3K
shares
Nabil bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तारा बहादुर कार्की क्षेत्रीविरुद्ध मुद्दा दायर गरेका हुन् ।

 

वडा अध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी आयोगमा परेको थियो । सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

 

उनले उक्त रकम घुसबापत लिएको पुष्टि भएको अख्तियारको तर्क छ । उनीसँग सोही रकम बराबरको बिगो कायम गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x