एकीकृत समाजवादी इन्चार्ज, अध्यक्ष, सचिव र उपसचिव एमालेमै फर्किए

1.6K
shares
Nabil bank

काठमाडौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला इन्चार्ज र अध्यक्ष दुवै जना नेकपा एमालेमा फर्किएका छन्। पूर्व सांसद तथा समाजवादी स्याङ्जा इन्चार्ज महेन्द्र थापा र जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई एमालेमा फर्किएका हुन्।

 

त्यस्तै स्याङ्जास्थित समाजवादीका जिल्ला सचिव श्रीबहादुर गुरुङ र उपसचिव राजेन्द्र मरासिनी पनि एमालेमा फर्किएका छन्।उनीहरू सबैलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले स्वागत गरेका हुन्।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited