जनताः महिनाभरि काम गर्दा पनि तलब नपाउने, सांसदहरु कामै नगरेपनि मोजमस्ती गर्ने

 

प्रायजसो हरेक निजी संघसंस्था, पसल, फर्म, होटललगायतमा तोकिएकोभन्दा बढी काम लगाइन्छ । सरकारले बनाएको कानूनअनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र काम लगाउनुपर्ने हो । यद्यपि, अधिंकाश श्रमिकलाई बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म काममा लगाइन्छ ।

श्रम शोषण गरिन्छ । काम गरेको ठाउँमा न त पानी दिइन्छ न त खाजा । उपचार खर्च, दशैं पेश्की त परको कुरा हो । एक दिन छुट्टी लिएमा समेत तलब काटिदिइन्छ । सरकारले श्रमिकलाई अनिवार्य १७ हजार तीन सय रुपैयाँ मासिक रुपमा उपलब्ध गराउनुपर्ने भन्छ ।

बिडम्वना, अहिले पनि श्रमिकहरु बिहानदेखि बेलुकासम्म सातदेखि दश हजार तलबमा महिनाभरि काम गर्न बाध्य छन् । थोरै तलब भएपनि कामदारहरु इमान्दारिताका साथ आफ्नो काम गर्छन् । दिएको जिम्मेवारी पूरा गर्छन् । यति थोरै तलबमा काम गर्दा पनि कतिपयले वर्षोदेखि तलब पाएका छैनन् ।

अधिंकाश श्रमिक वर्षोको तलब माया मारेर कामबाट निस्किनु परिरहेको छ । महंगी सबैको लागि बढेको छ । कोठा भाडा पनि तिर्ने पर्छ । गाडी पनि चढ्नै पप्यो । बालबच्चालाई पनि पढाउनै पप्यो । तर, काम गरेपनि वर्षोदेखि तलब नपाएका यीनीहरु जतिसुकै पीडा भएपनि सहेर बसेका छन् ।

बाटोमा धेरै भरियाहरु बसिरहेका हुन्छन् । उनीहरु भारी बोक्छन् । भारी बोकाउने मानिसहरुले जति पैसा दियो, उनीहरु त्यति नै थाप्छन् । उनीहरु आफुखुशी मान्दैनन् । किनकि पहिल्यै पैसा मागेमा मानिसले भारी नबोकाउने उनीहरुलाई थाहा छ ।

यता, जनताबाट चुनिएर आएका जनप्रतिनिधि सांसदहरु भने महिनाभरि एउटा पनि विधेयक पास नगरी तलबभत्ता र सेवासुविधा उपलब्ध गर्छन् । बाटोमा भारी बोक्ने भरियाको जति पनि इज्जत नभएका व्यक्तिहरु सांसद भएका छन् । जनता र राष्ट्रको हितमा काम गर्न छोडेर सांसदहरु सदनमा जोहेरी खेलिरहेका छन् ।

एकअर्कामाथि आरोप प्रत्यारोप लगाउँछन् । अनि संसद अवरोध गर्छन् । यति बाहेक सांसदहरुलाई अरु केही गर्न आउँदैन । सदन राम्रो सँग चलाउन नसक्ने सभामुख देवराज घिमिरे पनि नैतिकताको आधारमा राजीनामा दिदैंनन् । सांसदहरुको तलबभत्ता र सेवासुविधाका लागि मात्र जनताले तिरेको अर्बो कर मासिक रुपमा खर्चिन्छ ।

सांसदहरु तलबभत्ता र सेवासुविधा खुशीखुशी लिन्छन् । बिरामी नभएपनि अनावश्यक चेकजाँच गरी उपचार खर्च समेत लिन्छन् । तर, विधेयक पास गर्ने बेला भने सदनमा हुदैंनन् । कामै नगरी मासिक लाखौं तलब र सेवासुविधा लिन यीनीहरु लाज लाग्नु पर्दैन ?

सदन चलिरहेकै बेला पनि कतिपय सांसदहरु निदाइरहेका हुन्छन् । सांसदहरु सबै रोगी छन् । कोही मृर्गौला पीडित छन् त कोही प्रेसर, सुगर । अनि यस्ता रोगी सांसदहरुले देश र जनताको लागि के काम गर्छन् ? कोही सांसदमाथि सहकारी ठगीको आरोप लागेको छ भने कोही दलाल छन् ।

बजार पूरै मन्दी छ । जुत्ता सिलाउने समेत व्यापार ठप्प भएको बताउँछन् । बिडम्वना, जनप्रतिनिधि र कर्मचारीहरु भने देशै धितो राखेर विदेशीसँग ऋण लिई कामै नगरी तलबभत्ता र सेवासुविधा उपभोग गरिरहेका छन् । सदनमा भएका विपक्ष दललाई देश र जनताको केही मतलब छैन ।

उनीहरुले देश र जनताको लागि आवाज उठाउन सक्दैंनन् । र, राजनीतिक स्वार्थका लागि मन्त्रीको राजीनामा माग्दै सदन नै अवरोध गर्छन् । नेपालले विदेशीसँग कति खर्ब ऋण लिइसक्यो ? भनेर सांसदहरुलाई थाहा छैन । पढेलेखेका सांसद पनि त सदनमा छैनन् ।

कोही अभियन्ताको नाममा यहाँका आइपुगेका छन् । कोही जनतालाई भ्रममा पारेर त कोही राजनीतिक पार्टीको झोला बोकेर । अनि यस्ता सांसदहरुसँग के ज्ञान हुन्छ ? देशको बारेमा यीनीहरुलाई के थाहा हुन्छ र ? नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले तलबभत्ता नलिने र राज्यबाट उपलब्ध सेवासुविधा पनि उपभोग नगर्ने घोषणा गरेका थिए ।

उनीबाहेक कुनै पनि राजनीतिक दलका सांसदहरुले तलबभत्ता र सेवासुविधा नलिने भनेका छैनन् । उल्टै काठमाडौंमा घर भएका सांसदहरुले समेत घर भाडा लिइरहेका छन् । कतिपय सांसद त अझै तलब र सेवासुविधा कम नभएको गुनासो गर्छन् । तर, कामै नगरी जनताले रगत पिसाब बगाएर तिरेको करबाट तलबभत्ता र सेवासुविधा लिन यीनीहरुलाई लाज लाग्नुपर्ने हो नि ।

अहिले देशको आर्थिक अवस्था कस्तो छ ? भनेर सर्वसाधारणलाई थाहा छ । तर, सांसद र सभामुखलाई थाहा छैन । जनप्रतिनिधिहरु नै देश बेच्न लागिपछि जनताको के लाग्छ ? हाम्रो देशका जनता पनि जनता छैनन् । सबै राजनीतिक दलका कार्यकर्ता छन् । श्रींलकामा आर्थिक मन्दी सुरु हुनुबित्तिकै त्यहाँका जनता पार्टीको कार्यकर्ता नभई जनता भएर उत्रिए ।

राष्ट्रपतिलाई देशबाट लखेटे । केही वर्षअघि भारतमा आर्थिक मन्दी देखिनेबित्तिकै त्यहाँको सरकारले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाई दुई हजारको नोट निकाल्यो । नेपालमा त न सरकार केही गर्छ न जनता नै देश बचाउन सडकमा उत्रिन्छन् ।

मारवाडीहरुले यहाँको पैसा जति सबै आफ्नो देश लगिसकेका छन् । त्यस्तै, सर्वसाधारण पनि घरघरमा पैसा लुकाएका छन् । मुलुक मन्दीमा छ । सहकारी भाग्यो । नभागेको सहकारी पनि डुब्यो । बैंकमा पनि यस्तै समस्या देखिन थालिसकेको छ । घरजग्गा, गाडी र सेयरको कारोबार ठप्प छ ।

दिनहुँ हजारौं युवाहरु रोजगारीका लागि खाडी पुगेका छन् । उनीहरुलाई थाहा छैन कि पैसा कमाएर फर्किन्छ कि बाकसमा आफ्नो शव । गरिबी, बेरोजगारी र महंगीका कारण कोहीले आफ्नो परिवारै सखाप पारेका छन् । मुलुक कालिलाग्दो अवस्थामा पुगिसकेको छ । जनताहरु बाँच्नै नसक्ने अवस्थामा आइपुगेका छन् ।

अहिले सर्वसाधारण भन्छन्, ‘देश पनि रहन्छ कि रहँदैन ? कसले नेपाल लग्ने हो ठेगान छैन ।’ यस्तो अवस्थामा सरकार र सरकारमा बसेकाहरुले आवश्यक कदम चाल्नुपर्ने हो । जनप्रतिनिधिहरुले आफुले पनि तलबभत्ता र सेवासुविधा नलिने र कर्मचारीहरुको पनि कटौती गर्नुपर्ने हो ।

तर, जनप्रतिनिधि (सांसद) हरुले कहिल्यै देश र जनताको लागि सोचेनन् । कताबाट कमिशन आउँछ ? भनेर सांसदहरु सोचेर बसिरहेका हुन्छन् । र, काम गरेपनि पार्टीको हितको लागि मात्र गर्छन् । हामी जनताले पनि देश र जनताको लागि काम गर्न नसक्ने रोगी, गुण्डा र ठगहरुलाई भोट दिँदा आज त्यसको परिणाम भोग्नुपरिरहेको छ ।

अब देश बचाउनु छ भने सर्वसाधारणले सांसद भवन घेर्नुपर्छ । कामै नगरी तलबभत्ता र सेवासुविधा लिने सांसदहरुलाई सांसद भवनमै थुन्नुपर्छ । कालोमोसो दल्नुपर्छ र जुत्ताको माला लगाइदिनुपर्छ । जनताहरु अब पार्टीको कार्यकर्ता हुनुहुन्न । देशको बारेमा सोच्नुपर्छ । र, राष्ट्रको नागरिक हुनुपर्छ ।

८१ वर्ष पुगिसकेका व्यक्ति पनि सांसद भएका छन् । उनीहरु आफैंलाई त समाल्न सक्दैंनन् । अनि देश र जनताको लागि के काम गर्छन् ? फेरि राज्यबाट उपलब्ध हुने सेवासुविधा र तलबभत्ता पनि उनीहरु त्याग्दैंनन् । मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगिसक्दा र विदेशीले नेपालमा राज गर्दा समेत सांसदहरु बोल्न सक्दैंनन् ।

नेपाल नै नरहे आफुहरु सांसद पनि नहुने र आफ्नो घरजग्गाको लालपूर्जा पनि नरहने भनेर सांसदहरुलाई थाहा छैन । अहिले जो पनि आफ्नो स्वार्थको लागि काम गरिरहेका छन् । भ्रष्टाचार गरेर, राज्यलाई छलेर, ठगेर वा गैरकानूनी काम गरेर नेता, कर्मचारी, व्यापारी होस् या जनता, सबैले आफुलाई पुग्ने सम्पत्ति जोडिसकेका छन् ।

तर, भोलि देशै रहेन भने यीनीहरुले त्यो सम्पत्तिको के गर्छन् ? सांसद भवनअगाडि सांसदहरु सरकारी गाडी चढेर भित्र छिरेको वा बाहिर निस्किएको देखिन्छ । सांसदहरुले आफ्नो कोटमा देशको झण्डाको लोगो लगाएको देखिन्छ । यता, सर्वसाधारणहरु सांसद देख्नासाथ भन्छन्, ‘कामै नगरी देश बेचेर तलबभत्ता र सेवासुविधा उपभोग गर्ने ठग, चोर आइपुगे ।’

सुरक्षाकर्मीको घेरामा हुँदा समेत जनताले झलनाथ खनाल, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई हिर्काएका थिए । अझै पनि सांसदहरुले काम नगर्ने तर तलबभत्ता र सेवासुविधा मात्र लिइरहने हो भने जनताले सांसद भवनमै सांसदहरुलाई कुट्ने छन् । कालोमोसो दल्ने छन् । पूर्वसांसद गोल्छे सार्कीले तत्कालिन सभामुख रामचन्द्र पौडेललाई जुत्तै जुत्ताले हानेका थिए । कारण थियो, पौडेलले काम गर्न सकेनन् ।

अहिलेका सभामुख देवराज घिमिरेसँग पनि काम गर्ने क्षमता छैन भनेर प्रमाणित भइसकेको छ । यद्यपि, सांसदहरु केही बोल्दैनन् । सभामुखको अगाडि निरीह भएर बस्छन, सांसदहरु । सांसद र सभामुख दुवै असक्षम छन् । कोही पनि जनता र राष्ट्रको हितका लागि काम गर्न आएका होइनन् ।

यीनीहरु जनताले तिरेको करमा मोजमस्ती गर्न आएका हुन् । अब प्रधानमन्त्री प्रचण्डले सांसद विघटन गरेर यस्ता काम गर्न नसक्ने सभामुख र सांसदलाई हटाउने हो कि ? अब चाँहि देशको अर्थतन्त्रको बारेमा प्रधानमन्त्रीले के सोच्ने हो कि ?

श्रींलकामा आर्थिक संकट भएपछि आर्मी कटौती गरिएको थियो । अब नेपालमा पनि आर्मी कटौती गर्ने हो कि ? देशको भूभाग भारत र चीनले लगिसक्यो । अनि आर्मी किन चाहियो ? बरु आर्मी कटौती गरेर खर्च घटाउन सकिन्छ । प्रधानमन्त्री प्रचण्ड अब एक्सनमा जाने कि जनताले तिरेको करबाट तलबभत्ता खाएर साइन बजाउँदै सरकारी गाडी चढेर मात्र बस्ने ? 

 

Shangri-la Development Bank Ltd.
Nepali patro