त्रिवेणी मोटोकर्पले नेपाली बजारमा भित्रायो बिधुतिय प्यासेन्जर भेइकल र कार्गो भ्यान

Ghorahi cement

 

 

काठमाडौं।त्रिवेणी मोटोकर्पले नेपाली बजारमा प्यासेन्जर भेइकल र कार्गो भ्यानका रुपमा दुईवटा विधुतीय गाडी भित्राएको छ । त्रिवेणीले डोंगफेंग कम्पनीका डीएफएसी इभी ३२ गाडीहरु नेपाल ल्याएको हो ।

 

नेपाली बाटोलाई सुहाउने १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेका यी गाडीहरु मध्ये प्यासेन्जर भेइकलमा १३+१ सिट क्षमता रहेको छ । त्यसैगरी कार्गो भ्यानमा २ सिट क्षमता छ भने यसमा ८.५ घन मिटरको कार्गो बक्स रहेको छ ।

 

एकपटकको फूल चार्जमा ३०० किलोमिटरसम्म यात्रा गर्न सकिने यो गाडीमा ५०.२३ किलोवाटको शक्तिशाली ब्याट्री रहेको छ । १०० किलोमोतर प्रतिघन्टा सम्मको तिब्र गतिमा चलाउन सकिने यी गाडीहरुलाई मात्र ४५ मिनेटमा ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ । यी गाडीमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ ।

 

अत्याधुनिक सुबिधासम्पन्न र आरामदायी यात्राका लागि उपयुक्त यी बिधुतिय गाडीहरु नेपाली ग्राहक र यात्रुहरुको रोजाइमा पर्ने त्रिवेणी मोटोकार्पको विश्वास छ । यी गाडीहरुको लागि काठमाण्डौको जोरपाटीमा सर्भिस सेन्टर राखिएको छ भने पुतलीसडक स्थीत त्रिवेणी कम्प्लेक्समा यसको कार्यालय रहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro