भन्सारले लिलामीमा राख्यो १९० वटा सवारी साधन, आवेदन दिन २१ दिनको समय
वि.सं.२०८१ जेठ ९ बुधवार
1.6K
shares
shares
काठमाडौं। सुनसरी भन्सार कार्यालयले १९० वटा सवारी साधन लिलामीमा राखेको छ। कार्यालयले बुधबार सूचना जारी गर्दै ती सवारीसाधन लिलामीमा राखिएको जनाएको छ।
चोरी निकासी गरिएका र भन्सार पास नभएका कारण लिलामीमा राखिएका सवारी साधनमा मोटरसाइकल धेरै छन्। टीभीएस, हिरो, होन्डा, यामाहा, बजाज लगायत १०४ वटा मोटरसाइकल लिलामीमा राखिएका छन्।लिलामीमार्फत किन्न चाहनेहरुलाई आवेदन दिन २१ दिनको समयसीमा तोकिएको छ।




























