नाबालिकालाई यौन क्रियाकलापमा लगाउने एक महिला पक्राउ

15.1K
shares
Nabil bank

 

काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने रश्‍मी लामा रहेकी छन्।लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ ।उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको

छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x