सम्पर्कविहीन रहेका १९ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

12.8K
shares
Nabil bank

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका १९ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।कार्यालयले आज एक सूचना जारी गर्दै हाजिर हुन नआएका १९ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

 

आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।

 

 

 

सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन आउन कार्यालयले निर्देशन दिएको छ। उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।

 

प्राविधिक प्रहरी नायब निरीक्षक अन्जन सिंखडा, प्रहरी सहायक निरीक्षक भोजराज न्यौपाने, प्रहरी हवलदारहरू कमल रोका मगर देवेन्द्र डिसी, यौनी कमार मण्डल गत चैतदेखि गैर हाजिर छन्।

प्रहरी जवानहरू शिव श्रेष्ठ, शिव कुमार चलाउने, रूपक केसी, वीरेन्द्र सिंह भाट, सुमन खड्का, कन्हाईलाल राम, प्रसन्नकुमार विक, अनुप मिजार, अशोक नेपाली, कुल बहादुर सारू थापा, कल्याण जिसी माधव थापा र रमिता खत्री छन्।

 

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x