यसरी भइरहेको छ सुनको तस्करी,एकजना सुन सहित पक्राउ

1.6K
shares

काठमाडौं । सुनको लेप लगाइएको कपडासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थबाट भारतीय नागरिक पक्राउ गरिएको छ । प्रहरीले भारतीय नागरिक ३९ वर्षीय नविन हरिशलाल गोक्लानीलाई पक्राउ गरेको हो ।

 

 

उनलाई विमानस्थल प्रहरीले बिहीबार दिउँसो २ बजेतिर पक्राउ गरेको हो । दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगवमटन गेट नजिकबाट प्रहरीले बिहीबार दिउँसो २ बजेतिर पक्राउ गरेको थियो ।

 

एक्सरे मेसिनमा स्क्यानिङ गर्दा गोक्लानीले लगाएको जिन्स पाइन्ट अस्वाभाविक देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा पाइन्टमा लेपन लगाएर ल्याइएको सुन भेटिएको थियो ।

 

पाइन्टसहित सुनको तौल १२ सय ग्राम रहेको प्रहरीले जनाएको छ । त्यसैगरी ४० ग्रााम बराबरको सुनको सिक्री पनि बरामद भएको छ । पक्राउ परेका गोक्लानीलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ ।

civil hospital
Hams Hospitals