तरुण दलका अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी

17.3K
shares
Nabil bank

 

काठमाडौँ । तरुण दल लमजुङका अध्यक्ष ललितकुमार गुरुङविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जग्गा विक्री गर्ने भनी बैना रकम लिएर ठगी गरेको आरोपमा उनीविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । गुरुङविरुद्ध पक्राउ अनुमति आएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए ।

काठमाडौँस्थित एउटा आइटी कम्पनीलाई आफ्नो जग्गा बिक्री गर्ने भनेर गुरुङले दुई करोड बैना लिएर जग्गा अर्कैलाई बिक्री गरेको आरोप छ । कार्यालय स्थापना गर्न भनेर जेनेस सलुशन नामको कम्पनीले पोखरा महानगरपालिका–१२ मा करिब १३ आना जग्गा खरिद गर्न गुरुङलाई दुई करोड बैना दिएको हो । तर, सो जग्गा गुरुङले अर्कै व्यक्तिलाई बिक्री गरेको मालपोत कार्यालय कास्कीको रेकर्डमा भेटिएको छ ।बैना रकम फिर्ता माग्दा उनले ५० लाख नगद र एक करोड ६५ लाखको एकाउन्ट पेइ चेक दिएका थिए । चेक सटहीका नभएपछि पीडित पक्षले उनीविरुद्ध बैंकिङ्ग कसुर र ठगी मुद्दामा जाहेरी दर्ता गरेका हुन् ।नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको जिल्ला अध्यक्ष रहेका गुरुङ यसअघि पनि आपराधिक काममा संलग्न आरोपमा पक्राउ पर्ने गरेका थिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x