केराको बोट काटेको आरोपमा किशोरहरु पक्राउ

1.3K
shares

 

चितवन । केराको बोट काटेको आरोपमा चितवन प्रहरीले चारजना किशोरहरुलाई फक्राउ गरेको छ । पक्राउ पर्नमध्ये दुईजना १४ वर्ष, एकजना १३ वर्ष र एकजना १२ वर्षका छन् ।

 

नाबालिग भएका कारणले प्रहरीले उनीहरुको अरु परिचय खुलाएको छैन । उनीहरुलाई जेठ १० गते बिहान खैरहनी नगरपालिका–८ बाट समाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।उनीहरुले जेठ १ गते मध्यरातमा खैरहनी–३ मा लगाएको ३ सय १५ बोट केराका बोटहरु काटेर नष्ट गरेको चितवन प्रहरीको आरोप छ । उनीहरुविरुद्ध आपराधिक उपद्रवमा मुद्दा चलाउनका लागि चितवन जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेको डीएसपी रिजालले बताए । चितवनमा यसअघि पनि केराका बोटहरु काटेर नष्ट गर्ने घटना हुने गरेका थिए

civil hospital
Hams Hospitals