सुनको मूल्य बढ्यो, हेर्नुहोस् कति पुग्यो

वि.सं.२०८१ जेठ १५ मंगलवार
1.2K
shares
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो प्रतितोला एक लाख ३७ हजार दुइ सय रुपैयाँ पुगेको सुनको मूल्य आज चार सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३७ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ९५० सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।