घुस प्रकरणमा नाम जोडिएको समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति

116
shares
Nabil bank

 

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले आफूलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित घुस प्रकरणसम्बन्धी समाचारप्रति आपत्ति जनाएका छन्। उनले आफूलाई जोडेर प्रकाशित समाचार आधारहीन, झुटा र कपोलकल्पित भएको दाबी गर्दै त्यस्ता समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

आज दियो पोस्ट अनलाइन पत्रिकालगायतका सञ्चारमाध्यममा ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण!’ लगायतका शीर्षकमा समाचार प्रकाशित भएपछि शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले समाचारमा उल्लेख गरिएका व्यक्ति तथा प्रसङ्गसँग आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको स्पष्ट पारेका छन्। सम्बन्धित व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान तथा सम्पर्क नरहेको र उनीहरूलाई कहिल्यै नभेटेको उनको भनाइ छ।

शर्माले समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाका घटनासँग आफ्नो नाम जोडिएको विषयमा समेत प्रश्न उठाएका छन्। ती मितिमा आफू प्रधानन्यायाधीश भइनसकेको अवस्था रहेको उल्लेख गर्दै उनले समाचारमा प्रस्तुत गरिएको प्रसङ्गप्रति आश्चर्य र स्तब्धता व्यक्त गरेका छन्।

आधारहीन, झुटा तथा कपोलकल्पित विवरणका आधारमा जनतामा भ्रम सिर्जना गर्ने दूषित उद्देश्यले समाचार प्रसारण गरिएको भन्दै शर्माले त्यसको भर्त्सना गरेका छन्।

उनले यस्ता समाचारको सत्यतथ्य नबुझी विश्वास नगर्न र भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोधसमेत गरेका छन्।

यस्तो थियो समाचार:

न्यायाधीशपछि प्रधानन्यायाधीश शर्माको नामसमेत बिचौलियाको आर्थिक लेनदेनको लिष्ट्मा 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x