काभ्रेको साँगामा भयङ्कर दुर्घटना

1.8K
shares

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको साँगामा सातवटा सवारीसाधन एक अर्कासँग ठोक्किएका छन् ।

 

जाममा परेको समयमा पछाडिबाट आएको ट्यांकरले ठक्कर दिँदा पाँच वटा गाडी र दुई मोटरसाइकल एक अर्कासँग ठोक्किएका हुन् । ट्याङ्करको ठक्करले जाममा रहेको ट्रक, कार, ढुवानीमा प्रयोग हुने पिकअप गाडी र मोटरसाइकल एक अर्कासँग ठोक्किएका थिए ।

 

 

 

दुर्घटनामा परी मोटरसाइकल चालक काभ्रेको पनौती नगरपालिका २ का प्रकाश सापकोटा र स्कुटर चालक बनेपा ५ की देविना कर्माचार्य घाइते भएका छन ।

 

घाइतेहरूलाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

civil hospital
Hams Hospitals