आजको विनिमयदर कति छ

1.2K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।

 

आज अमेरिकी डलरको मूल्य बढ्दा बेलायती पाउन्ड र युरोपियन युरोको  मूल्य घटेको छ ।

 

 

आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३९ पैसा थियो।

 

 

बुधबार युरोपियन युरो एकको खरिदर १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २० पैसा रहेकोमा आज एक युरोको खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसामा झरेको छ ।

यसैगरी आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७० रुपैयाँ ३५ पैसा रहेको छ । हिजो बेलायती पाउन्ड एकको खरिददर १६९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा रहेको थियो ।

civil hospital
Hams Hospitals