Banner ad for NADA AUTO SHOW -2026

लिबियामा तैनाथ शान्ति सैनिकको अदलीबदली

1.1K
shares

 

काठमाडौं । लिबियामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।संयुक्त राष्ट्र संघको आह्वानमा लिबियामा तैनाथ श्री स्पेसल गार्ड युनिट (शान्ति सेना)को पाँचौं डफ्फालाई बदली गरिएको हो ।पाँचौं डफ्फालाई श्री भगवती प्रसाद गुल्म (स्पेशल गार्ड युनिट)को छैटौं डफ्फाले बदली गरिएको सैनिक मुख्यालय जंगीअड्डाले जनाएको छ ।

 

सेनानी रमेशकुमार बञ्जराको नेतृत्वमा ५७ जनाको टोली लिविया प्रस्थान गरेको छ ।यसैगरी उक्त मिसनमा तैनाथ पाँचौं डफ्फाका ५८ जना शान्ति सैनिकहरु प्रमुख सेनानी भाईकाजी थापाको कमाण्डमा बुधबार स्वदेश फिर्ता भएका छन् ।हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरु कार्यरत छन्

civil hospital
Hams Hospitals