सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो हेर्नुहोस्

1.3K
shares

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४२ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८७५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals