दुई करोड मूल्य बराबरको औषधि बरामद

12.2K
shares
Nabil bank

 

पर्सा । पर्सा प्रहरीले ठुलो परिणाममा भन्सार छलीका औषधी बरामद गरेको छ ।प्रहरीले करिब २ करोड मूल्य बराबरको भन्सार छलीका औषधी बरामद गरेको हो ।विशेष सूचनाको आधारमा प्रहरीले चलाइएको जाँचबाट उक्त औषधीसहित ट्रक बरामद भएको प्रहरीले जनाएको छ ।प्रहरीले भन्सार छलीका १ करोड ८५ लाख मूल्य बराबरको औषधी बरामद गरेको जिल्ला प्हरी कार्यालय पर्साले जनाएको छ ।जिल्लाको परवानीपुरमा रहेको प्रहरीको चौकीले चलाएको छड्के जाँचका क्रममा बिलबिजक भन्दा बढीको औषधी बरामद भएको हो ।

बीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश–०२–०३–००१ ख ६५५७ नम्बरको ट्रकबाट बिलबिजक भन्दा बढीको औषधी बरामद गरिएको प्रहरीले जनाएको छ ।औषधीसहित बरामद ट्रकलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x