सुनको मूल्य घट्यो

1.9K
shares

काठमाडौं । आइतबार सुनमा सामान्य गिरावट भएकाे छ । शुक्रबार एक लाख ४२ हजार २०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको छापावाल सुन आज दुई सय रूपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज २५ रुपैयाँले घटेर एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals