Banner ad for NADA AUTO SHOW -2026

बैंकहरूको औषत खराब कर्जा ३.८९ प्रतिशत

1.8K
shares

 काठमाडौ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले केएफआई प्रतिवेदन सार्वजनिक गर्दै बैंकहरूको औषत खराब कर्जा ३.८९ प्रतिशत रहेको देखाएको छ।राष्ट्र बैंकका अनुसार लक्ष्मी बैंकको खराब कर्जा ५.४९ प्रतिशत रहेको छ। हिमालयन बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको छ। ४.९५ प्रतिशत खराब कर्जा रहेको कुमारी बैंक तेस्रो स्थानमा रहेको छ। ४.८५ प्रतिशत खराब कर्जा रहेको नेपाल बैंक लिमिटेड सबैभन्दा धेरै खराब कर्जा हुने बैंकको सूचीको चौथो स्थानमा छ।

 

यस्तै प्रभु बैंकको ४.८१ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.७४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको खराब कर्जा ४.६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.३० प्रतिशत र प्राइम कमर्सियल बैंकको ४.२९ प्रतिशत खराब कर्जा रहेको छ।

 

 

यस अवधिमा सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको रहेको छ। गत चैत मसान्तसम्म यस बैंकको खराब कर्जा ०.७० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। कम खराब हुने वाणिज्य बैंकको दोस्रो नम्बरमा सानिमा बैंक रहेको छ। यस अवधिमा यस बैंकको खराब कर्जा १.८९ प्रतिशत छ नेपाल एसबीआई बैंक पनि कम खराब कर्जा हुने बैंकको सूचीमा परेको छ। चैत मसान्तसम्ममा यस बैंकको खराब कर्जा १.९८ प्रतिशत रहेको छ। यस्तै स्टाण्डर्ड चार्टर्ड बैंकको २.१४ प्रतिशत, सिद्धार्थ बैंकको २.५२ प्रतिशत र एनएमबि बैंकको २.८६ प्रतिशत रहँदै खराब कर्जा कम हुने बैंकमा परेका छन्।

 

यस अवधिमा नविल बैंकको खराब कर्जा ४.०४ प्रतिशत, एनआईसी एसिया बैंकको ३.०८ प्रतिशत, माछापु्च्छ्रे बैंकको ३.६८ प्रतिशत र सिटिजन्स इन्टरनेशनल बैंकको ३.७६ प्रतिशत खराब कर्जा रहेको छ। चैत मसान्तसम्ममा बैंकहरूको औषत खराब कर्जा ३.८९ प्रतिशत कायम भएको छ।

civil hospital
Hams Hospitals