पूर्व सहसचिव राजभण्डारी भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर

1.7K
shares

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

 

न्यायाधीशहरू कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे जानकारी दिए ।

 

 

 

विशेष अदालतले ११ मंसिर, २०६९ मा पूर्व सहसचिव राजभण्डारीलाई दोषी ठहर गरेको थियो ।

 

विशेषले उनले २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै त्यति रकम असुलउपर गर्नुपर्ने र त्यति नै थप जरिवानाको फैसला गरेको थियो ।

 

विशेषले उनलाई एक वर्ष कैद सजाय सुनाएको थियो ।

civil hospital
Hams Hospitals