गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रविन कोइरालासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

16.5K
shares
Nabil bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्द मुद्दा दायर गरेको हो ।

 

आयोगका अनुसार लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको पाइएकोले मुद्दा दायर गरेको छ । उनीहरूले राजस्व चुहावट गरि भ्रष्टाचार गरेको पाइएको छ ।

 

प्रमुख महर्जन र गोदावरी नगरपालिकाका नगर उपप्रमुख मुना अधिकारीसंग जनही २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपैयाँ बिगो माग गरिएको छ ।

 

गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रविन कोइराला, गोदावरी नगरपालिकाका राजस्व शाखा प्रमुख तथा राजस्व परामर्श समिति सदस्य श्रीकण्ठ घिमिरे, कर्मा कन्सट्रक्सनका सञ्चालक रवि महर्जन, निराकार ढुङ्गा रोडा उद्योग प्रालिका सञ्चालक मधुसुदन डोटेल, मछिन्द्रनाथ मल्टीप्रपोज प्रालिका सञ्चालक केदार नाथ तिमल्सेना, सजिलो रोडा ढुङ्गा उद्योग प्रालिका सञ्चालक शशिराज शाही, वीरेन्द्र महर्जन ढुङ्गा उद्योग प्रालिका सञ्चालक वीरेन्द्र महर्जनको पनि यसमा संलग्नता रहेको पाइएको छ ।

 

उनीहरुसंग पनि अख्तियारले जनही २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x