शिक्षक अशोककुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

17.9K
shares
Nabil bank

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक अशोककुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राहत दरबन्दीमा विद्यालय शिक्षकमा जागिर खाएको आरोपमा आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।

 

 

 

महोत्तरीको बलवा नगरपालिका वडा नं. ९ धमौरास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटामा शिक्षक पदमा कार्यरत साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।

 

नक्कली प्रमाण पत्रका आधारमा साहले राष्ट्रिय प्राथमिक विद्यालय महोत्तरीमा २०६९ असोजदेखि राहत शिक्षक अनुदान कोटामा नियुक्ति लिएका थिए । उनले नक्कली विवरण पेस गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले कैद र जरिवाना सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x