सुनको मूल्य हालसम्मकै उच्च हेर्नुहोस् कति पुग्यो

2.1K
shares

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४४ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४३ हजार तीन सय रुपैयाँ रहेको छ ।

 

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८५० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals